थप ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
मकालु खबर
२०७८ माघ १ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । मन्त्रायलका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।
यस्तै उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १,५९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।
मकालु खबर
२०७८ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित