काठमाडौँमा १,५१९ जनामा कोरोना संक्रमण पुष्टि
मकालु खबर
२०७८ माघ १ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप १,५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै आज काठमाडौँ उपत्यकामा २,२१९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १२,८१४ सक्रिय संक्रमित छन् ।
जसमा काठमाडौँमा ९,०६१ जना, ललितपुरमा २,३८२ जना र भक्तपुरमा १,३७१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज देशभर थप ४,६३६ जना कोरोना सक्रमित थपिएका छन् ।
मकालु खबर
२०७८ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित