संघीय संसदका २५ जनाभन्दा बढी सांसदलाई कोरोना संक्रमण
मकालु खबर
२०७८ माघ २ गते
काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २५ जनाभन्दा बढी सांसदलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । संसद सचिवालयकाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैतर्फका गरी २५ जनाभन्दा बढी सांसद कोरोना संक्रमित भएका हुन् ।
जानकारी र नाम संकलनको काम भइरहेको सचिवालयले जनाएको छ । यस्तै सचिवालयका ७ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । सांसद र कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
मकालु खबर
२०७८ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित