कस्ता कोभिड सङ्क्रमित बस्न सक्छन् घरमै एकान्तबास ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमित व्यक्तिका लागि हाते पुस्तिका तयार पारेको छ । होम आइसोलेसनमा बस्ने व्यक्तिहरूका लागि तयार पारिएको पुस्तिकामा घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्दा सङ्क्रमितले के गर्ने के नगर्ने, सरसफाइ कसरी गर्ने र कस्ता व्यक्तिहरू एकान्तबासमा बस्ने उल्लेख गरिएको छ ।

याे पनि : घरमै एकान्तबासमा बसेकाहरूले यी कुरामा पुर्‍याउनुपर्छ विशेष ध्यान

हाते पुस्तिका सङ्क्रमितलाई उपयोगी हुने मन्त्रालयको विश्वास छ । मन्त्रिपरिषद्बाट २०७७ साल असार १५ मा स्वीकृत भएको ‘कोभिड-१९’ सङ्क्रमितको एकान्तबास सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ मा आधारित हाते पुस्तिकाअनुसार यस्ता व्यक्तिहरू एकान्तबासमा बस्न सक्छन् ।

  • कोरोना सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएका वा सामान्य लक्षणमात्र भएका व्यक्ति ।
  • श्वासप्रश्वासमा समस्या नभएका वा सास फेर्न गाह्रो नभएका व्यक्ति ।
  • अक्सिजनको मात्रा ९४ प्रतिशत वा त्यो भन्दा बढी भएका व्यक्ति ।
  • सामान्य अवस्थामा श्वासप्रश्वास दर प्रतिमिनेट २३ सम्म भएका व्यक्ति ।
  • आफ्नो स्वास्थ्य समस्या अनुगमन गर्न सक्ने व्यक्ति ।
  • उच्च रक्तचाप, मुटुको समस्या, मिर्गौलाको रोग, क्यान्सर, मधुमेह आदीको समस्या नभएका र ६० वर्ष उमेर ननाघेका व्यक्ति ।

घरैमा एकान्तबासमा बस्ने निर्णय गर्नुअघि र बसेको बेला पनि चिकित्सकसँग सल्लाह भने गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

स्रोत: स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित हाते पुस्तिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *