टेकु अस्पतालमा खोप अभियान स्थगित
मकालु खबर
२०७८ माघ ९ गते
काठमाडौँ । स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित गरिएको छ ।
अस्पतालका ५० जनाभन्दा धेरै चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले सोमबारदेखि अर्को आइतबारसम्म एक हप्ताका लागि खोप अभियान स्थगित भएको जनाएको हो ।
मकालु खबर
२०७८ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित