राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट गठबन्धनका पार्की विजयी
मकालु खबर
२०७८ माघ १२ गते
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा दलिततर्फ जगत पार्की विजयी भएका छन् । माओवादी केन्द्रका पार्की गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनी प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् । यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी गरिमा शाह विजयी भइसकेकी छन् ।
मकालु खबर
२०७८ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित