कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

किन्सासाकंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको हाे

त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेना स्रोतले जानकारी दिएको छ । कंगाेकाे उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।

यता सेनातर्फ भने एकजना बटालियन कमान्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरू घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *