सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सिफारिस, निजीमा भने कायमै

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले (सीसीएमसी) सार्वजनिक सवारीमा लागू गरिएकाे जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

उपत्यकामा माघ ८ गदेदेखि लागू भएकाे जोर-बिजोर प्रणाली हटाउन सीसीएमसीले सिफारिस गरेकाे हाे । उपत्यकाका प्रशासनले लागू गरेकाे जाेर-बिजाेर प्रणालीकाे जनस्तरबाट तीव्र आलाेचना भएपछि सीसीएमसीले यस्ताे सिफारिस गरेकाे हाे ।

जोर-बिजोरले सार्वजनिक सवारीमा झनै भिड बढेको र यसले कोरोना नियन्त्रण गर्न सहयोग नपुर्‍याएको प्रशासनकाे आलोचना भएकाे थियाे । सीसीएमसीले निजी सवारी र ट्याक्सीमा भने जोर-बिजोर कायमै राख्न भनेकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *