भारतमा थप दुई लाखमा काेराना पुष्टि, सक्रिय संक्रमित घट्दै
मकालु खबर
२०७८ माघ १७ गते
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन् ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको हो ।
मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि संक्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० संक्रमित भएका छन् । पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल मृतकको संख्या चार लाख ९५ हजार ५० पुगेको छ ।
मकालु खबर
२०७८ माघ १७ गते
प्रतिक्रिया