मोटरहेड एक्सचेन्ज मेला आजदेखि
काठमाडौँ । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेले आजदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सञ्चालन गर्ने भएको छ ।
उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्याङ्कनमा थप २० हजार दिने भएको छ । यस अघि कम्पनीले थप मूल्याङ्कनमा १५ हजार दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज नगरी नगदमै मोटरहेडका बाइक खरिद गर्दा १० हजार छुट र फाइनान्स खरिदमा ८ हजार छुटको व्यवस्था गरेको छ ।
उपत्यकाभित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ धोबिघाट, सल्लाघारी, टेकु, चाबहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागी स्र्पोटर्स २५०, एक्स टोर्क २५०, एमएच २०० एक्स र रोड । अफरोड दुवैलाई हुने गरी टेक्कन २५०, टेक्का २५० आर, एमएच १५० आर र स्क्रयामब्लर रहेका छन् ।
मोटरहेडका बाइकहरूको मूल्य ३ लाख ५ हजारदेखि लिएर ४ लाख ५५ हजारसम्मका रहेका छन् । कम्पनीले बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसुस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरूसँग सहकार्य गरी अघि बढेको जानकारी दिएको छ ।