भारत लगातार चौथो पटक फाइनलमा

काठमाडौँ । भारतले अस्ट्रेलियालाई ९६ रनले पराजित गर्दै यू-१९ विश्वकपको फाइनलमा स्थान बनाएको छ। भारत लगातार चौथो तथा समग्रमा ८ औँ पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। उसका लागि कप्तान यस धुलले १ सय १० रनको शानदार इनिङ खेलेका थिए। त्यस्तै शेख रसिदले ९४ रन बनाएका थिए।

जवाफमा ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटिएको थियो। उसका लागि लाचलान शाले सर्वाधिक ५१ रन बनाएका थिए। त्यस्तै कोरि मिलरले ३८ रन बनाउँदा काम्बेल केल्वेले ३० रन बनाएका थिए।

अब उपाधिका लागि भारतले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। भारत पाँचौँ पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ। प्रतियोगिताको फाइनल ५ फेब्रुअरी मा हुनेछ। भारतले यसअघि २०००, २००८, २०१२ र २०१८ मा गरी चार पटक उपाधि जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *