पाकिस्तानका अक्रमकाे कीर्तिमान, एकै खेलमा शतक र ५ विकेट

काठमाडौंँ। पाकिस्तानका युवा क्रिकेटर क्वासिम अक्रमले यू–१९ विश्वकप क्रिकेटमा कीर्तिमान बनाएका छन् । ४५ वर्ष लामो यू–१९ विश्वकपको इतिहासमा उनी एकै खेलमा शतक बनाउनुका साथै कम्तीमा पाँच विकेट लिने पहिलो क्रिकेटरका रूपमा आफ्नो नाम लेखाएका हुन् ।

अहिले चलिरहेको विश्वकपको पाँचौ स्थानका लागि भएको खेलमा अक्रमले श्रीलंकाविरुद्ध १ सय ३५ रन बनाए भने पाँच विकेट पनि लिएका हुन् ।

१९ वर्षीय अक्रम पाकिस्तानको यु१९ टिमका कप्तान हुन् । उनले मात्र ८० बलमा १३५ रनको सनसनीपूर्ण ब्याटिङ गरे भने ३७ रन खर्चिएर ५ विकेट हात पारे ।

खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तनले दुईजना ब्याट्सम्यानको शतकमा ३ सय ६५ रनको विशाल योगफल तयार पारेको थियो। पाकिस्तानका हसिबुल्लाहले पनि १ सय ३६ रन बनाए । जवाफी ब्याटिङ गरेको श्रीलंका १ सय २७ रनमा नै अल आउट भयो ।

प्रतियोगिताको उपाधिका लागि भारत र इग्ल्यान्ड भोलि खेल्दैछन् । तेस्रो स्थानका लागि अफगानिस्तान र अस्ट्रेलियाको खेल आज हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *