प्रदेश १ का उच्च पहाडी क्षेत्रमा हिमपात (तस्वीरहरू)

विराटनगर । तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा समेत हिमपात भएको छ । तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा क्षेत्रमा पर्ने टिएमजे क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । तीनजुरे, चौकी, गुफा पोखरी क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । टिएमजे क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ ।

चरनका लागि लगिने गाईवस्तु, बाख्रा, भेडा, च्याङ्ग्रालाई समस्या भएको स्थानीयको भनाइ छ । बिहानदेखि उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको हो । पाँचथरको उच्च पहाडी क्षेत्रमा शुक्रबार अपरान्हबाट हिमपात भएको हो । तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पौवा भञ्जाङ, सादुटार, सुकेपोखरी लगायतका स्थानमा पनि हिमपात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *