प्युठान जिप दुर्घटना

मृतक आठ जनाकै सनाखत, बेहुला-बेहुली घाइते

काठमाडौँ । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । नौबहिनीको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा ओखरपाटामा भएको जिप दुर्घटनाका मृतकको सनाखत भएको हो ।

ग १ज ५०९२ नम्बरको जिप आज बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

उनकाअनुसार बेहुला र बेहुली घाइते भएका छन् । बेहुली रिमा जिसीसहित अन्य घाइते हरि खड्का र नरेश खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ । बेहुला दानबहादुर जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार
-मृतकको सङ्ख्या आठ पुग्यो, पाँचको सनाखत
-बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *