‘व्यवसायी हत्याकाण्डमा संलग्न’ थप दुई जना पक्राउ
विराटनग । साझेदार व्यवसायी हत्यामा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा गत माघ १२ गते दुई जना व्यवसायीको शव फेला परेपछि अनुसन्धानका क्रममा मोरङ रङ्गेली नगरपालिका –३ आमतोलाका ३३ वर्षीय मोहमद सुभाम र सुनसरीको देवान्गन्ज गाउँपालिका –६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
उखुबारीमा गाडिएको अवस्थामा भेटिए दुई शव
उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरिएको उनले जानकारी दिए । उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नं.–४ का वर्ष ३२ को शम्भु कुमार चौधरी र सुनसरी धरान उप–महानगरपालिका वडा नं.–३ का वर्ष ४८ को राजेन्द्रकुमार श्रेष्ठकाे हत्या गरी शव गाडेको आरोपमा यसअघि तीन जना पक्राउ परेका छन् ।
गाडिएको अवस्थामा भेटिएको अर्को शवको पनि पहिचान खुल्यो
मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दिनानाथ सोनार, घटनाका योजनाकार भनिने सिरहाको सिरहा नगरपालिका २१ का वर्ष ३१ को अनिल कुमार मण्डल र धनपालथान ७ कमलपुर पश्चिम टोल बस्ने वर्ष ६२ को नासिर आलमलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो । उनीहरूले लेनदेनमा कुरा नमिल्दा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताउँदै आएको छ ।
सम्बन्धित समाचार