३५० मेगावाटको सौर्य ऊर्जा परियोजना अध्ययन गर्न अनुमति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्र डडेलधुरा र डोटीमा गरी ३५० मेगावाटको सौर्य ऊर्जा परियोजना विकासबारे अध्ययन गर्न लगानी बोर्डले अनुमति दिएको छ ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४९ औँ बैठकले यस्तो अनुमति दिएको बोर्ड कार्यालयले जनाएको छ ।

उक्त परियोजना अन्तर्गत डडेलधुरामा २२५ मेगावाट र डोटीमा १२५ मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

परियोजना २३ अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्भाव्यता अध्ययन गर्न एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिइएको बोर्ड कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *