मधेस प्रदेशसभाका तीनवटै विषयगत समितिले पाए सभापति

जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ । निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का जगत्प्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराएका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *