कर्णाली प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा शाही

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा अमृता शाही मनोनीत भएकी छन् । दलका नेता जीवनबहादुर शाहीले उनलाई दलको सचेतकमा मनोनीत गरेका हुन् ।

नेता शाहीले नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ (१) बमोजिम दलको सचेतकमा मनोनीत गरिएको बताए । सचेतक शाहीले कांग्रेस प्रदेश सभा संसदीय दलको विधान को दफा १२ अनुसार दलको नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवम् परामर्शमा रही जिम्मेवारी गर्नु पर्ने बताइएको छ ।

यसअघि दलको सचेतकमा हिमबहादुर शाही थिए भने हाल शाही प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *