एमसीसीको अन्योलसँगै अमेरिकी राजदूत बेरी राजनीतिक भेटघाटमा

काठमाडौँ। अमेरिकी अनुदान सम्बन्धी परियोजना (एमसीसी) अनुमोदन हुने नहुने अन्योल बढ्दै जाँदा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कूटनीतिक सक्रियता बढाएका छन् । राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

अध्यक्ष ओली र बेरीबीच मंगलबार बेलुका भक्तपुर बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए । एमसीसीको विषयमा दलहरुबीच सहमति हुन सकेको छैन ।

यसका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित हुँदै आएको छ । पछिल्लो पटक आजका लागि बोलाइएको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज विहान कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइसकेको अवस्थामा सरकारले बैठक सार्न आग्रह गरेकाले बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *