वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौँ – सरकारले वैशाख ३० गतेको लागि तोकेको स्थानीय निर्वाचनविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेकाे छ ।

निर्वाचित भएको पाँच वर्ष नपुगेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाकाका सन्जीवकुमार साहले दिएकाे रिट सर्वाेच्चले अस्वीकार गरेकाे हाे ।

शाह भंगहा नगरपालिकाका मेयर हुन् । उनले मंगलवार नै रिट पेस गरेका थिए । उनको निवेदन आज बुधबार सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो । रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए । तर, रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

रजिष्ट्रार पन्थीले जारी गरेको दरपीठ आदेशमा ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले अनुमानका आधारमा निवेदन दर्ता गर्न खोजेको उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘नगरप्रमुखको पाँच वर्षको कार्यकाल घटाउने प्रवल सम्भावना रहेको भनी विना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन ।’

आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *