ज्योति विकास बैंकद्वारा दुई संस्थालाई सहयोग

काठमाडौँ । ज्योति विकास बैंकले दुई संस्थालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न बैंकले स्थापना गरेको स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत् कोहलपुर नगरपालिका–१५, बाँकेस्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्यास गिजरहरू हस्तान्तरण गरेको छ।

शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर के.सी. द्वारा कोहलपुर नगरपालिका वडा–१५ बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

यसका साथै बैंकले काठमाडौँ स्थित श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृयापुत्री भवनलाई ग्यास गिजरहरू हस्तान्तरण गरेको छ। बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, काठमाडौँ क्षेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कंडेलले संयुक्त रुपमा श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्यास गिजर हस्तान्तरण गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *