ओमानद्वारा नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौँ । चार देशीय टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।

नेपालका अविनाश बोहोराले ३ तथा कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक एक विकेट लिए । ४ ओभर बलिङ गरेका अविनासले २६ रन दिए । १ ओभर मात्र बलिङको माैका पाएका आरिफले मात्र २ रन खर्चेर १ विकेट लिए भने ३ ओभरमा सन्दीपले १७ रन खर्चिए । यस्तै कमलले ४ ओभरमा २५ रन दिए ।

ओमानका कप्तान जिसन मक्सुदले सर्बाधिक नटआउट ४३ रन बनाए भने  मोहम्मद नदिबले ३१ रन बनाए ।

शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानसँग खेलिरहेको हो । टी–ट्वेन्टी विश्वकप छनोट खेल्नुअघि चार देशीय शृङ्खला भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *