४ ओभरमा नेपालको २ विकेट पतन

काठमाडौँ । चार देशीय टी–ट्वेन्टी क्रिकेट शृंखलामा ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याइरहेको नेपालको शुरुवात खराब भएको छ । ४ ओभरको खेल सकिँदा नेपालले २२ रन जोड्न २ विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा आशिफ शेख १४ रनमा आउट भए । अर्को ओभरमा अर्का ओपनर प्रदीप ऐरी ४ रनमा आउट भए । आशिफले ११ बलमा १४ रन बनाए भने प्रदीपले १४ बलमा मात्र ४ रन बनाए । क्रिजमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी छन् ।

ओमानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।

नेपालका अविनाश बोहोराले ३ तथा कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानसँग खेलिरहेको हो । टी–ट्वेन्टी विश्वकप छनोट खेल्नुअघि चार देशीय श्र्रँखला भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *