भोलि ‘जनयुद्ध दिवस’ मनाउन मधेशमा सार्वजनिक बिदा
मकालु खबर
२०७८ माघ २९ गते
काठमाडौँ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ । भोलि (फागुन १ गते) मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो ।
फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी आइतबार सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
तत्कालीन विद्रोही नेकपा (माओवादी)ले सशस्त्र विद्रोह शुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।
मकालु खबर
२०७८ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित