भारतले नेपाली आकाशमा उडाएको शंकास्पद बेलुन दार्चुलामा खस्यो
मकालु खबर
२०७८ माघ २९ गते
काठमाडौँ । दार्चुलामा एक शंकास्पद जडित बेलुन खसेको छ । भारतीय मोबाइल नम्बर लेखिएको कम्प्युटर उपकरण जडित बेलुन बिहीबार राति दार्चुलाको नौगाड गाउँपालिकाको ढामडेरामा खसेको प्रहरी निरीक्षक माधव विश्वकर्माले मकालुखबरलाई बताए ।
उनले भने, ‘शंकास्पद बेलुन खसेको भन्ने जानकारी आएको छ । प्रहरीले उक्त सामग्री बरामद गरी सदरमुकाम ल्याउँदैछ । यसबारे विस्तृत जानकारी लिएपछि मात्र यकिन भन्न सकिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
उनका अनुसार उक्त शंकास्पद सामग्री आज रातिसम्म सदरमुकाम आइपुग्ने छ । जिल्ला सदरमुकामबाट झन्डै एक दिन लाग्ने क्षेत्रमा उक्त बेलुन खसेको थियो ।
मकालु खबर
२०७८ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित