नेप्से १०१ अंकले घट्यो, काराेबार रकम भने झण्डै ६ अर्ब
काठमाडौँ । साताको पहिलो दिन तथा फागुन महिनाकै पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार रिसूचक (नेप्से)मा १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा आइपुगेको छ ।
सेन्सेटिभ इन्डेक्ससमेत यस दिन १५.६२ अंकले घटेर ५११.६६ बिन्दुमा ओर्लिएको छ ।
यस दिन कारोमाबारमा आएका २२७ कम्पनी मध्ये १९० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यस दिन ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३० रुपैयाँमा १ करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन एनआइबीएल समृद्धि फण्ड, सनराइज ब्लुचिप फण्ड, नविल ब्यालेन्सड फण्ड, मेगा म्युचल फण्डका इकाईहरुको मूल्य २ प्रतिशतभन्दा कमले बढेको छ । तर, अपर तामाकोसी, नारायणी डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, वेन नेपाल लघुवित्त जस्ता कम्पनीको सेयर मूल्इ साढे ८ प्रतिशतसम्मले घटेका छन् ।
बैंकले वृद्धि गरेको निक्षेप र कर्जाको ब्याजदरका कारण बजारमा थप लगानी भन्दा मूल्य घटेर तत्कालको नाफा जोगाउन लागेका कारण बजार घटेको अनुमान गरिएको छ ।