बेइजिङमा भारी हिमवर्षा, ओलम्पिकमा आएका पाहुना चिसोले प्रभावित
बेइजिङ । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिमवर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चीसोको सामना गर्नुपरेको छ ।
बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतवार १२ः५५ देखि भारी हिमपात हुनसक्ने र सहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवा समेत प्रभावित बनेको छ ।
बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतवारबिहान सबेरै भारी हिउँको वर्षासँगै ब्युझिए भने हिमवर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।
सोमबार ५ः०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर सोमबार ३ः०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने बेइजिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताए ।
सोमबार दिनभर जसो सहरका केही स्थानमा तापक्रम –२ डिग्रीसम्म रहनेछ जबकी बेलुकाको तापक्रम –६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ ।
हिउँको प्रभावका कारण आइतवार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ ।
विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको लागी आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरभरि हिउँ सफा गर्ने काम शुरू गरिएको छ ।
भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ ।