हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह

काठमाडौँ । निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्सले विजय बहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गरेको छ । १ फागुन आइतबारदेखि जिम्मेवारी सम्हाल्ने कम्पनीको सीईओ नियुक्त भएका हुन् ।

नवनियुक्त सीईओ शाहले कम्पनीलाई लक्ष्यमा पुर्याउन आफूले सबै टिमलाई एकबद्ध भएर अघि बढाउने जनाएका छन् । सीईओ शाहले भने– ‘वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ ।’

यसअघि हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गर्दै आएका थिए ।

हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने, ‘बीमा क्षेत्रमा वहाँँको राम्रो अनुभव र बुझाइ छ । वनको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाइमा पुर्यायाउन उहाँको उल्लेखनीय योगदान रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *