हजुरको नाममा (कविता)

हजुरको आँखामा के जादु भर्नु भएछ
जति हेरेर पनि अघाउँदिन
यो कस्तो नशा हो ?

फूलैफूलको बाटोको यात्रीसँग
चट्टान कुल्चिएका पैताला गँसाउनु मेरो गल्ती हो
कथाले सोच्दै नसोचेको ठाउँमा ल्याइदियो
गल्तीमा पनि प्रेमिल खुसी मिल्दो रहेछ ।

हजुरको प्रेमले यसरी स्पर्श गर्‍यो कि
जति भाग्न खोजेपनि टाढा हुनै सकिन्
हृदयको सुखानुभूति
प्रतीक्षाको रहर
परिकल्पना भन्दा पनि मिठो आख्यान
मेरै अघि घुमिरहेछ ।

हजुरको खुसीका लागी मेरो बाचा भयो
सुखका लागी के भन्न सुकला र ?
यसैपनि आफूलाई अभावमा ‘इन्जोइ’गर्ने बानी परेको छ ।

यो प्रेम आकाशका तारा झार्ने हैन
नौ डाँडा काटेर जाने पनि हैन
न कतै देखाउनु छ
न दुनियाँलाई सुनाउन मिल्छ
प्राप्ति भन्दा पनि अनुभूति सवाल ।

गुनासा होलान्, चित्त दुख्ला
बन्धन थिए, छन् नै
तर प्रेमको अनुराग स्पनिल भइदियो
न हजुरले प्रस्ताव गर्नु भयो, न मैलेनै भने
न स्वार्थ थियो, न अपेक्षा नै
न बाध्यता थियो, न रहरनै
प्रेम त आफै भई जाँदो रहेछ ।

प्रेमको नाममा लिनु केही छैन
जे पाइया छ त्यो गुमाउन पनि मन छैन
यो बेला जोगिन गारो छ
किनकि दुनियाँ स्वार्थी छ
तर म प्रेमिल बनेको छु
हजुरको कसम हजुरलाई नै
हजुरको मायाले पुलकित भइदिए ।।

प्रतिक्रिया

One thought on “हजुरको नाममा (कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *