करणले विश्वकप छनोट खेल्न नसक्ने, गुल्सन ओमान जाँदै

काठमाडौँ । करण केसीले टी-ट्वेन्टी विश्वकप छनोट खेल्न नसक्ने भएका छन् । राष्ट्रिय टिमका बलिङ अलराउन्डर केसीले ढाडको समस्याले छनोट खेल्न नसक्ने भएका नेपाल क्रिकेट संघ क्यान निकटक श्रोतले जनाएको छ । उनको स्थानमा तिब्र गतिका बलर गुलसन झा ओमान जाने भएका छन् ।

गुल्सनको भिसाको प्रकृया चलिरहेको र त्यो सकिनासाथ उनी ओमान जाने क्यान श्राेतको भनाइ छ । करणले चोटकै कारण चारदेशीय टी–ट्वेन्टी शृङखलामा पनि खेल्न सकेका थिएनन् । नेपालले विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार ओमानसँग खेल्दैछ । चार देशीय प्रतियोगितामा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *