मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा ८ थान सिसिटिभी क्यामेरा जडानको शुभारम्भ गरेको हो ।

कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख बसन्त वक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय के।सी।, नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के।सी। र अन्य कर्मचारीहरुको उपस्थिति तथा मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरूको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *