महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने
मकालु खबर
२०७८ फागुन ३ गते
काठमाडौँ । महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् ।
दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ ।
बैंकले देशभर कुल १०३ वटा शाखामार्फत करिब ६ लाख गा्रहकलाई सेवा दिँदै आएको छ ।
मकालु खबर
२०७८ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित