खेल भावनाको उच्च समान गरेको भन्दै आरिफको चौतर्फी प्रशंसा

काठमाडौँ । ओमानमा सम्पन्न चार देशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपालका आसिफ शेखले देखाएको खेलभावनाको चौतर्फी प्रशंसा भइरहेको छ ।

खेलको उन्नाईसौँ ओभरमा नेपाली विकेट किपर ब्याट्सम्यान आरिफले देखाएको खेल भावना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि समाचार बनिरहेकाे छ । १९ औँ ओभरको दोस्रो बलमा कमलसिंह ऐरीले मार्क अडेरलाई बलिङ गर्दा भएको उक्त घटना भिडियो सामाजिक संजालमा भाइरल बनेसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामको नजरमा परेको हो ।

रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन बल समात्न दौडेका कमलसिंह ऐरीसँग ठोकिएर लड्न पुगे । म्याकब्रायन उठेर क्रिजतर्फ जाने प्रयास गर्दै गर्दा कमलले बल समातेर विकेटकिपर आसिफलाई फाले । आसिफले बल समात्दा म्याकब्रायन क्रिजबाट २ मिटर टाढा थिए । त्यसैले म्याकब्रायनले क्रिज भेट्ने सम्भावना नदेखेपछि दौडिने कष्ट पनि गरेनन् । हातमा बल पाएका आसिफले बल स्टम्प गर्न चाहेको भए सजिलै उनलाई आउट गर्न सक्थे ।

तर, आसिफले सहजै हुन सक्ने रन आउट गरेनन् र म्याकब्रायनले रन पुरा गरे । म्याकब्रायनको विकेट नेपालको लागि निकै महत्वपूर्ण थियो उक्त घटना पछिको अर्को बलमा उनले छक्का प्रहार गरेर ७ बलमा ११ रन बनाए ।

आसिफले खेल भावनाको उत्तम नमुना प्रस्तुत गरेपछि टिभी कमेन्टेटरले एन्द्रयु लेवनार्डले उनको खुलेर तारिफ गरेका थिए । क्रिकेटसँग सम्बन्धित अन्तराष्ट्रिय साइटहरूले समेत आसिफको खुलेर तारिफ गर्दै आईसीसीको  ‘स्प्रिट अफ क्रिकेट अवार्ड’ का लागि उनी हकदार भएको बताएका छन् । भारतीय तथा अन्य युरोपेली समाचार संस्थाहरूले पनि आसिफको खुलेर प्रशंसा गरेका छन् । यति मात्र होइन आइरल्यान्डको क्रिकेट बोर्डले पनि नेपाल क्रिकेट संघ क्यानलाई मेन्सन गरेर कृतज्ञता ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *