माछापुच्छ्रे बैंकको डेपुटी सीईओमा सर्जुकुमार र विश्वम्भर, उपमहाप्रबन्धक प्रसिद्धराज

काठमाडौँ । माछापुच्छ्रे बैंकले डेपुटी सीईओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेलाई बढुवा गरेको छ। उपमहाप्रबन्धकमा बैंकले प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ।

डेपुटी सीइओमा बढुवा भएका थापा र न्यौपाने दुवैसँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव छ । माछापुच्छ्रे बैंकमै लामो समय उच्च व्यवस्थापनमा रहेर कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापाको बहुबैंकिङ व्यवसाय र न्यौपानेसँग संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल रहेको बैंकले जनाएको छ ।

त्यस्तै, उपमहाप्रबन्धकमा बढुवा भएका अर्यालले पनि बैंकिङ् क्षेत्रमा करिब दुई दशक बिताइसकेका छन्। अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, शाखा संचालन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको अनुभव अनुभव छ।

बैंकले हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ संचालन गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *