जितेन्द्रले लिए ओमानको अर्को विकेट

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई १३८ रनको लक्ष्य दिएको नेपालले बलिङमा राम्रो शुरुवात गरेको छ ।

पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब बढाएको खेलमा दोस्रो विकेट जितेन्द्र मुखियाले लिएका छन् । जितेन्द्रले दोस्रो ओभरमा ओमानको दोस्रो विकेट लिएका हुन् । जितेन्द्र लामो समयपछि राष्ट्रिय टिममा फर्किएका हुन् ।

ओमानका कश्यप प्रजापति शुन्य र आयन खान ३ रनमा आउट भएका छन् । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *