ओमानमाथि दबाब बढाउँदै नेपाल, तेस्रो विकेट पतन

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई १३८ रनको लक्ष्य दिएको नेपालले बलिङमा ओमानलाई दबाब बढाउँदै लगेको छ ।

पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब शुरु गरेको खेलको दोस्रो विकेट जितेन्द्र मुखियाले लिए । तेस्रो विकेटका रुपमा ओमानका आक्रामक ब्याटर जितेन्दर सिंह ९ रनमा आउट भए । उनलाई दिपेन्द्र सिंह रनआउट गराएका थिए । नेपालले पहिलो, दोस्रो र छैटाैँ ओभरमा विकेट लिएको हाे ।कश्यप प्रजापति शुन्य र आयन खान ३ रनमा आउट भए ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *