ओमानमाथि नेपालको कसिलो बलिङ

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई ११८ रनको लक्ष्य दिएको नेपालले बलिङमा राम्रो प्रदर्शन जारी राखेको छ ।

१३ औँ ओभरमा सन्दीप लामिछानेले ब्यक्तिगत दोस्रो र टिमका लागि सातौँ विकेट लिएका छन् भने अर्को ओभरमा दिपेन्द्रसिंह ऐरीले अर्को विकेट लिएका छन् । चौधौँ ओभरको खेल चल्दै गर्दा ओमानले ८ विकेट गुमाएर ६९ रन बनाएको छ ।

नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ब्याटरले खुलेर खेल्न सकेका छैनन् । आउट भएकामध्ये नासिम खुशीले २४ रन बनाउनुबाहेक ओमानका कुनैपनि ब्याटरले दोहोरो अ‌ंकमा रन जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिएका छन् भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनास बोहोराले १–१ विकेट लिएका छन् । दिपेन्द्रले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *