ओमानले क्यानडालाई हराएसँगै सेमिफाइनल समिकरण रोचक
काठमाडाैँ । ओमानमा जारी टी-ट्वेन्टी विश्वकप छनोटमा नेपाल रहेको समुहको सेमिफाइनल समिकरण रोचक भएको छ । लगातार दोस्रो जित निकाल्दै नेपालले सेमिफाइनल संभावना बलियो बनाउँदा अर्को खेलमा ओमानले क्यानडालाई पराजित गरेसँगै समुह ‘ए’ बाट सेमिफाइनल पुग्ने टीमको तय अन्तिम खेलले मात्र गर्ने भएको छ।
नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो अन्तरले हराउँदै राम्रो रनरेट राखेपनि क्यानडामाथि ओमानले प्रभावसालि जित निकाल्दै छनोटको आसा कायमै राखेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो। ओमानले उक्त लक्ष्य १२ बल बाँकी हूँदै ९ विकेट गुमाएर पुरा गर्यो। क्यानडाका लागि रविन्द्रप्रताप सिंहको ४६ रन सर्वाधिक रह्यो। ओमानको जितमा ओपनर कश्यप प्रजापती र कप्तान जेशन मसुदले सानदार साझेदारी गरे उनीहरुले दोस्रो विकेटका लागि १२९ रनको अविजित साझेदारी गरेका थिए। काश्यप ५६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रनमा अविजित रहँदा मसुद ४४ बलमा ७६ रन बनाएर अविजित रहे। उनले ६ चौका र ५ छक्का प्रहार गरे।
आजको जितसँगै नेपाल दुई जितका साथ ४ अंक बनाएर ४.३८ रनरेटका साथ शिर्ष स्थानमा उक्लिएको छ । क्यानडा १ जित र १ हारसहित २ अंकका साथ २.२५ को रनरेटका साथमा दोस्रो स्थानमा छ भने ओमान २ खेलबाट १ जित र १ हार सहित -०.५६ रनरेटका साथमा तेस्रो स्थानमा छ। तर, अन्तिम खेलमा ओमानले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएकाले क्यानडा र नेपालबिचको खेलमा नेपाल विजयी भएमा सेमिफाइनलमा प्रवेश गर्ने छ भने पराजित भएमा तीन टीमकै समान ४ अंक हुँदा नेट रनरेट महत्वपुर्ण हुने छ।