नयाँ कोका–कोला जेरो सुगर बजारमा
काठमाडौँ । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्ने जनाएको छ ।
व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसन मार्फत् बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ ।
सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिन सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी सदैव उपभोक्ताको चाहना र आवश्यकता अनुसारको उत्पादन नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरुले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ । नेपाली उपभोक्ताले पनि यो नयाँँ कोका–कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नुनपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । संसारभर रुचाइएको यो कोका–कोला जेरो सुगरलाई नेपाली उपभोक्ता सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।’
नयाँँ कोका–कोला जेरो सुगर ५०० मिलि र २५० मिलिमा नेपालभर उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।