ज्योति लाइफले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणले यस्तो निर्णय गरेको हो ।

उक्त सभाले आव ०७६÷७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आव ०७६/७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आव ०७६÷७७ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभामा ज्योति लाइफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने रु. २२ करोड बराबरको २२ लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ र यसका साथै ज्योति लाईफको चुक्ता पुँजी रु. २ अर्ब ४२ करोड कायम भएको जनाएको छ ।

कम्पनीका सञ्चालकमा संस्थापक शेयरधनी समूह (क) तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्तकुमार अग्रवाल र साधारण शेयरधनी समूह (ख) तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा नन्दकिशोर शर्मा मनोनित भएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जनाए ।

साथै ६ आश्विन, २०७४ बाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाइफले आजको दिनसम्म १२८ शाखा/उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउँदै आएको जानकारी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *