विश्वकप छनोट : ४१ रन जोड्न क्यानडाले गुमायो ५ विकेट
मकालु खबर
२०७८ फागुन ९ गते
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा नेपालसँग खेलिरहेको क्यानडा दबाबमा परेको छ । मात्र ४१ रन जोड्न ५ विकेट गुमाएसँगै क्यानडा दबाबमा परेको हो ।
नेपालले शुरुदेखि नै धारिलो बलिङ गर्दै क्यानडाका ब्याटरलाई दबाबमा राखिरहेका छन् ।
नेपालका लागि कमलसिंह ऐरीले २ तथा अविनास बोहोरा, कप्तान सन्दीप लामिछाने र कुशल मल्लले १-१ विकेट लिएका छन् ।
२ खेलबाट ४ अंक बनाएको नेपाललाई आजको खेल महत्वपूर्ण छ । यो खेल जिते नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।
मकालु खबर
२०७८ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित