विश्वकप छनोट : नेपालसामु निरीह क्यानडा
मकालु खबर
२०७८ फागुन ९ गते
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा क्यानडासँग नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । ओमानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले मात्र ४८ रन दिएर क्यानडाका ९ विकेट लिइसकेको छ ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमलसिंह ऐरीले २ तथा अविनास बोहोरा र कुशल मल्लले १–१ विकेट लिएका छन् । यससँगै क्यानडा कमजोर योगफलमा सिमित हुने सम्भावना बढेको छ ।
२ खेलबाट ४ अंक बनाएको नेपाललाई आजको खेल महत्वपूर्ण छ । यो खेल जिते नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।
मकालु खबर
२०७८ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित