विश्वकप छनोट

क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर ब्याटिङ रोजेको क्यानडा १५ ओभरमा ८० रनमै अलआउट भयो । क्यानडालाई कमजोर योगफलमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ३, कमलसिंह ऐरी र अविनास बोहोराले २–२ र कुशल मल्लले १ विकेट लिए ।

नेपालले शुरुदेखि नै धारिलो बलिङ गर्दै क्यानडाका ब्याटरलाई दबाबमा राखेको थियो । क्यानडाका  क्यानडाका रायन पठानले १४ र नबनित धालिवालले १८ सलमान नजारले १० र डोलियन हेलिगरले नटआउट २४  रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

४८ रन जोड्दा ९ विकेट गुमाएको क्यानडाले दशाैँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै स्कोर केही बढाएको थियो ।

२ खेलबाट ४ अंक बनाएको नेपालले यो खेल जिते समुह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *