नेपालको २ विकेट पतन
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटमा क्यानडाले दिएको ८१ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई शुरुवाती झट्का लागेको छ । सामान्य लक्ष्य भएपनि नेपालले २२ रन जोड्न २ विकेट गुमाएको छ । ओपनर आसिफ शेख १७ र कुशल मल्ल शुन्यमा आउट भएका छन् । क्रिजमा कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी छन् ।
यसअघि ओमानमा टस जितेर ब्याटिङ रोजेको क्यानडा १५ ओभरमा ८० रनमै अलआउट भयो । क्यानडालाई कमजोर योगफलमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ३, कमलसिंह ऐरी र अविनास बोहोराले २–२ र कुशल मल्लले १ विकेट लिए ।
नेपालले शुरुदेखि नै धारिलो बलिङ गर्दै क्यानडाका ब्याटरलाई दबाबमा राखेको थियो । क्यानडाका क्यानडाका रायन पठानले १४ र नबनित धालिवालले १८ सलमान नजारले १० र डोलियन हेलिगरले नटआउट २४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
४८ रन जोड्दा ९ विकेट गुमाएको क्यानडाले दशौँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।