१७ बलमै फिलिपिन्सलाई हराउँदै ओमान सेमिफाइनलमा
मकालु खबर
२०७८ फागुन ९ गते
काठमाडाैँ । ओमान टी-ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । फिलिपिन्सलाई १७ बलमै हराउँदै ओमान सेमिफाइनलमा प्रवेश गरेको हो ।
फिलिपिन्सले दिएको ३६ रनको लक्ष्य ओमानले १७ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो। जितसँगै ओमानले सेमिफाइनल यात्रा पक्का गरेको छ ।
ओमानका खुराम नवाजले १२ बलमा ३३ रनको अविजित इनिङ खेले । त्यस्तै कश्यप प्रजापतीले ४ रन बनाए । टस जितेर पहिलो ब्याटिङ गरेको फिलिपिन्सका लागि कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
ओमानका खवार अलीलले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कलिमुल्लाह, फयाज बट र अमिर कलिमले २-२ विकेट लिए।
मकालु खबर
२०७८ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित