नेप्से १५ अंकले घट्यो, ३ अर्बभन्दा माथिको कारोबार
मकालु खबर
२०७८ फागुन ११ गते
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा ओर्लिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ५१७.९३ अंकमा ओर्लिएको छ ।
यसदिन कुल ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रुपैयाँमा कारोबार भएको छ ।
यस दिनको बजारमा दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रो, घलेम्दी हाइड्रो, तेह्रथुम पावर, रुरु जलविद्युत्, सामलिङ पावर, मध्य भोटेकोशी जस्ता जलविद्युत् कम्पनीको सेयर मूल्य, कारोबार र कारोबार रकम समेत बढेको छ ।
खास गरी एमसीसी सहयोग सम्झौता संसदमा टेबुल भएपछि यी कम्पनीको सेयर मूल्य र कारोबार बढेको हो ।
मकालु खबर
२०७८ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित