उत्कृष्ट कर्मचारी : ठूला पुरस्कार मन्त्रालयमै, साना पुरस्कार जिल्लालाई भागबण्डा
पोखरा । गण्डकी प्रदेश अन्तर्गत कर्मचारी तहको सर्वोत्कृष्ट पुरस्कार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले पाएका छन् । सरकारको वार्षिकोत्सवको अवसरमा श्रेष्ठलाई सर्वोत्कृष्ट कर्मचारी घोषित गरिएको हो ।
उनलाई १ लाख पुरस्कारले पुरस्कृत गरिने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । यस्तै, उत्कृष्ट प्रदेश निजामती कर्मचारी पुरस्कार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिइ प्रेमप्रसाद डोटेलले पाउने भएका छन् । उनीहरूले जनही ७५ हजार पाउनेछन् । ५० हजार राशिको प्रदेश निजामती सेवा पुरस्कारबाट १७ जना पुरस्कृत हुँदै छन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारी, लोक सेवा आयोगका उपसचिव कृष्णप्रसाद आचार्य, कृषि ज्ञान केन्द्र मुस्ताङका अधिकृत प्रकाश बस्ताकोटी, आन्तरिक मामिला मन्त्रालयका अधिकृत प्रकाशचन्द्र ढुंगाना, धौलागिरि आयुर्वेद औषधालय बागलुङका आयुर्वेद चिकित्सक डा. सरोजकुमार राय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सहायक वन अधिकृत शिवप्रसाद श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगकाका तथ्यांक अधिकृत रामप्रसाद वाग्ले, स्वास्थ्य कार्यालय स्याङ्जाका जन स्वास्थ्य अधिकृत वसुन्धरा शर्मालाई दिइने भएको छ ।
यस्तै, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत महराज ढकाल, पर्यटन, उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका अधिकृत नवीन विश्वकर्मा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका शाखा अधिकृत विकास थापा मगर, सोही कार्यालयका शाखा अधिकृत रामप्रसाद पौडेल, प्रदेश सभा सचिवालयका लेखा अधिकृत सूर्यप्रसाद अधिकारी, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका जलाधार व्यवस्थापन अधिकृत प्रकाश गिरी, अर्थ मन्त्रालयका अधिकृत खेमराज पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत तोयनाथ आचार्यले पाउने छन् ।
प्रदेश सरकारले वितरण गर्ने ठूला राशिका पुरस्कार मन्त्रालयका कर्मचारीले हडपेका छन् भने साना पुरस्कार मात्रै तल्लो तहमा पठाइएको छ । ५० हजारसम्मका पुरस्कार सबैजसो मन्त्रालय र निर्देशनालयका उच्च तहका कर्मचारीलाई भाग लगाइएको छ । २५ हजार राशिका पुरस्कार मात्रै जिल्लामा रहेका कार्यालयका कर्मचारीको भागमा परेको छ ।
२५ हजार राशिको प्रोत्साहन पुरस्कार कृषि ज्ञान केन्द्र लमजुङका कृषि प्रसार अधिकृत मदन रेग्मी, पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्याल, स्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य अधिकृत अमर दवाडी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका अधिकृत गीतादेवी बराल, विउविजन प्रयोगशाला पोखराका अधिकृत कमलादेवी श्रेष्ठ, पूर्वाधार विकास कार्यालय गोरखाका अधिकृत कमलप्रसाद कँडेलले पाउँदै छन् ।
यसैगरी, युवा तथा खेलकुद मन्त्रालयका कम्प्युटर अधिकृत दीक्षा खड्का, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अधिकृत सुशीला अधिकारी, पूर्वाधार विकास कार्यालय मनाङका सब इन्जिनियर जयबहादुर विष्ट, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन सुपर भाइजर हिमलाल सुवेदी, प्रदेश लोक सेवा आयोगका सहायकस्तर पाँचौँ गायत्री अधिकारी लामिछाने, डिभिजन वन कार्यालय कास्कीका जमदार रामचन्द्र ढुंगाना, हलुका सवारी चालक दिलबहादुर रम्तेल, भूमिराज अधिकारी, कुलचन्द्र गुरुङ, कमलबहादुर गर्बुजालाई दिन लागिएको छ ।
यसबाहेक विशेष प्रोत्साहन पुरस्कारका लागि समेत उम्मेदवार छनोट भएका छन् । यसको रकम भने अझै खुलेको छैन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिवेश लोहनी, सिनियर डिभिजनल इन्जिनियर हरिदत्त पौडेल, संक्रामक तथा सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास गौचन, कास्कीका प्रहरी उपरीक्षक रमेश थापा, अर्थ मन्त्रालयका उपसचिव गीता घिमिरे, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख प्रभु सिग्देल, स्वास्थ्य कार्यालय मनाङ प्रमुख बद्रीराज आचार्य, इलाका प्रहरी कार्यालय गैँडाकोट प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खनाल, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका कम्प्युटर अधिकृत केदार सापकोटा र प्रहरी निरीक्षक रविन पोखरेलको नाम सिफारिस भएको छ ।