सोल्टी इन्टरप्राइजेज होटल र एनसीसी बैंकबीच छुट सम्झौता

काठमाडौँ । सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्‍चालित होटलमा एनसीसी बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने भएको छ ।

इन्टरप्राइजेज र बैंकबीच ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्न द्विपक्षीय सम्झौता भएको हो । प्रवर्द्धनात्मक कार्यक्रमहरू समेत सञ्चालन गर्ने सहमति भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतामार्फत बैंकका ग्राहकहरूले काठमाडौंस्थित सोल्टी होटल र नेपालगञ्जस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा फूड एण्ड बेभरेजमा छुट प्राप्त गर्नेछन् ।

एनसीसी बैंकले हालसम्म देशभर १३७ शाखा, १३ एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएममार्फत बैंकिङ सुविधा दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *