ललितपुरको नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
मकालु खबर
२०७८ फागुन १३ गते
ललितपुर । ललितपुर महानगरपालिका–४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ११३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत निकालिएको छ ।
केएमसीले बुधबार नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ११०३ जना बिरामीको उपचार गरेको थियो ।
डा. सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।
मकालु खबर
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित