सांग्रिला डेभलपमेन्ट बैंकको ११० औँ शाखा बर्दिया जयनगरमा
मकालु खबर
२०७८ फागुन १३ गते
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका– ६, बर्दियामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर) तथा यस बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईद्वारा सामूहिक रुपमा गराइएको थियो ।
जयनगर (मगरागढी) शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको बैंकले जनाएको छ ।
मकालु खबर
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित